काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आइतबार र सोमबार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से २४ दशमलव ५० अंकले बढ्दै बजार २६ सय ५७ दशमलव ७७ अंकको बिन्दुमा बन्द भएको छ । आज बढेको बजारमा १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४० करोड माथिको कारोबार भएको छ ।
आज सबैभन्दा चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज १० प्रतिशतले कमाउनेहरुमा उपकार लघुवित्त , सिक्लेस हाइड्रोपावर कम्पनी, थ्री पावर हाइड्रोपार जानकारी फाइनान्स कम्पनीका लगानीकर्ता रहेका छन् । यस्तै, न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ४३ प्रतिशतका दरले गुमाएका हुन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ्ग समूह ० दशमलव २२ प्रतिशत, विकास बैंकस समूह ४ दशमलव ०७ प्रतिशत, फाइनान्स समूह १ दशमलव ८८ प्रतिशत, होटल एण्ड टुरिजम ० दशमलव ६८ प्रतिशत, हाइड्रोपावर कम्पनी १ दशमलव ४९ प्रतिशत, इन्भेस्टमेन्ट समूह १ प्रतिशत, लाइभ इन्स्योरेन्स समूह ० दमलव ०८ प्रतिशत लगायतले बढेको छ ।



About Us
प्रतिक्रिया