११ अंकले परिसूचक घट्दा ७ अर्बकाे काराेबार, बैंकिङ्ग समूह ०.६१ प्रतिशतले घट्याे

११ अंकले परिसूचक घट्दा ७ अर्बकाे काराेबार, बैंकिङ्ग समूह ०.६१ प्रतिशतले घट्याे


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंक अर्थात् ११ दशमलव १० अंकले घट्दै  २६ सय ५४ दशमलव ३५ को बिन्दुमा बजार बन्द भएको छ ।

आज ८६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ ।

आज यस बैंकको ३० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड इदि मर्दिको १९ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ८९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावर कम्पनी र मन्दकिनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ०.६१ प्रतिशत, फाइनान्स समूहको २.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७८ प्रतिशत, हाइड्रोपावर समूहको ०.५५ प्रतिशतले शेयर मूल्य घटेको छ ।