काठमाडौं – कञ्चनपुरमा एक महिलाले बीमा रकम हत्याउनका लागि श्रीमानको हत्या गरेकी छिन् । बीमा रकम लिनका लागि कञ्चनपुर बेलौरी नगरपालिका ६ भुराकोटकी जानकी कुमारी रानाले गत मंसिर १३ गते अपराह्न श्रीमान् ४९ बर्षिया सियाराम रानाको हत्या गरेकी हुन् ।
गत मंसिर १३ गते बेलौरी नगरपालिका–६ मा मृत भेटिएका भुराकोटका ४९ वर्षीय सीयाराम रानाको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार राना आफ्नै घरमा मृत भेटिएका थिए । अनुसन्धान गर्दै जाँदा रानाकी श्रीमतीले बीमाको रकमका लागि श्रीमानको हत्या गराएको खुलेको हो । प्रेमी भारतीय नागरिक रहेका छन्।
रानाको मृत्यु नभएर हत्या गरिएको आशंकापछि प्रहरीले मंसिर १४ गते उनकी श्रीमतीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। सो क्रममा जनककुमारीले सियारामको बीमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रूपमा हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।
रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्ण नगर बस्ने अन्दाजी ३० वर्षीय फारुख रहेका छन् । अनुसन्धानका क्रममा भारतीय नागरिक फारुखसँग मृतककी श्रीमतीको प्रेम सम्बन्ध रहेको देखिएकोले दुवै जना मिलेर हत्या गरेको प्रहरीले जनाएको छ ।
मृतक सियाराम रानाले नेपाल लाईफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए । सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ। उनीहरूले हत्या गरेर शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया