सरकारले पुनर्बीमालाई अनुदान दिएर चलाउन सक्दैन : सीईओ पौडेल

सरकारले पुनर्बीमालाई अनुदान दिएर चलाउन सक्दैन : सीईओ पौडेल


काठमाडौं – हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले पुनर्बीमामा सरकारले अनुदान दिएर चलाउन नसकिने बताएकि छिन् । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को चौथो सत्र नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा नवीनतामा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सरकारले पुनर्बीमाका लागि अनुदान दिएर चलाउन नसकिने भन्दै पुनर्बीमालाई अनुदानमा चलाउने हो भने अर्थतन्त्रलाई नै अनुदानमा चलाउनुपर्ने बताएकी हुन् ।

‘पुनर्बीमा यस्तो व्यवसाय हो । कम्पनीको क्षमताभन्दा बढी रिक्स लिने गर्छ’ उनले भनिन्, ‘ पुनर्बीमालाई अनुदानमा चलाइयो भने त इकोसिस्टम सस्टेन नै भएन ।’ सीईओ पौडेलले पुनर्बीर्मा क्षेत्रले अर्थतन्त्रको आन्तरिक तथा बाह्रय दुवै पक्षमा सहयोग र्पुयाउने बताइन्। सीईओ पौडेलले पछिल्लो समय पुनर्बीमा क्षेत्रले अन्तराष्ट्रिय व्यापार पनि बढाइरहेको पनि बताइन् ।

उनले डिजिटल भित्र्याउन समयासिमा नभई आफुहरुले गरेको कामको आधारले प्रभाव पार्ने बताइन् । उनले तेस्रो बीमा कम्पनी आवश्यक नरहेको बताइन् । उनले पुनर्बीमा कम्पनीले नै राम्रो भुमिका खेल्न सके मात्रै बजारमा सस्टेन हुने बताइन् । ‘हाम्रोमा सर्कुलर धेरै आयो तर सर्कुलरमा आएको विषय लागु भएन । अब हामीले स्किलको विकास गर्नुपर्नेछ ।’ उनले भनिन्, ‘टेक्नोलाजिकल डेभलपमेन्टलाई पनि हामीले ध्यान दिनुपर्ने छ ।’