शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम ५ अर्ब 

शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम ५ अर्ब 

‘विकास बैंक समूहको मूल्य १.०८ प्रतिशतले बढ्यो’


काठमाडौं – साताको चौथौँ कारोबारको दिन बुधबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दशलमव ८३ अंकले बढेर २,५९५ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुपर मादी हाइड्रोको ३० करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १९ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ८ दशलमव ३० प्रतिशतका दरले कमाएका छन् । श्वेत गंगा हाइड्रोका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज ७ कम्पनीको शेयरमा हरियाली आएको छ । आज विकास बैंकको १.०८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६३ प्रतिशत, हाइड्रोपावर समूहको १.७६ प्रतिशतले शेयर मूल्य बढेको छ ।