काठमाडौं – नेपाल बैंक लिमिटेडले आफ्ना शेयर लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारण सभामा शेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
यससँगै, यो वर्ष शेयरधनीहरुले लाभांश नपाउने कम्पनीहरुको सूचीमा नेपाल बैंक समेत थपिएको छ । कम्पनीको सञ्चालक समितिले २०८०÷८१ का लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीले लाभांश वितरणको प्रस्ताव विनै वित्तीय नेपाल राष्ट्र बैंक समक्ष पठाएको छ ।
प्रतिक्रिया