बीमा क्षेत्रको भविष्य डिजिटाइजेसनमा छ : सीईओ उपाध्याय

बीमा क्षेत्रको भविष्य डिजिटाइजेसनमा छ : सीईओ उपाध्याय


काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्न उपाध्यायले ५ वर्षको अन्तरालमा नै बीमा क्षेत्रमा डिजिटलाइज भएको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को दोस्रो सत्र निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध निरुपणका उपायहरु सत्रमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै उनले बीमा कम्पनीमा डिजिटाइजेसन भएतापनि कस्टमर इन्टरफेजमा काम गर्न नसकेको बताए । उनले बीमाको भविष्य भनेको डिजिटाइजेसनमा नै रहको बताएका हुन् ।

उनले अबको ३ वर्षमा बीमा क्षेत्रले डिजिटाइजेसनमा फड्को मार्ने बताए । ‘हाम्रो मुलुक तेस्रो हो तर हामी कम्पेयर पहिलो मुलुसँग गर्ने गर्छौ । आजको दिनमा नेपालमा भएका बीमा कम्पनीले युरोपका बीमा कम्पनीले जस्तो प्रडक्ट ल्याउन सक्छौं । तर त्यो रकम आज आम नेपालीले तिर्न सक्छ वा सक्दैन भन्ने हो ।’ उनले नेपालमा गाडीको मूल्य करका कारण बढी रहेको बताए । उनले छिमेकी मुलुक भारतको तुलनामा नेपालमा आयात गर्ने गाडीको कर बढी रहेको बताएका हुन् । सीईओ उपाध्यायले हाल नेपालका बीमा कम्पनीले बेचेको मोटर बीमाको प्रिमियम अन्य बजारको भन्दा प्रतिस्पर्धात्मक हिसाबले नै बेचिरहेको बताए ।

नेपालमा कृषि बीमाको उदय भएको करिब १०/१२ वर्ष बितिसकेको छ । उनले सरकारले कृषि बीमालाई प्राथमिकता दिएर अनुदान दिँदा पनि कृषि बीमा जति बढ्नुपर्ने हो त्यति बढ्न नसकेको बताए । उनले कृषकलाई सहुलियत प्रदान गर्दा पनि मोटिभेट नभएका कारण पनि कृषि बीमा पछाडि परेको बताए । उनले मनिटरिङ्गको ग्यापले बीमा गर्नेहरू घटेको बताउँदै बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ध्यान नदिँदा समस्या आएको बताए । उनले नेपालको बीमा कम्पनीको जस्तो नियामक अन्य देशमा नरहेको पनि बताए ।