बीमाको दायरा बढ्नु अवसर र चुनौती सिर्जना हुनु हो : अध्यक्ष पौडेल

बीमाको दायरा बढ्नु अवसर र चुनौती सिर्जना हुनु हो : अध्यक्ष पौडेल


काठमाडौं – जीवन बीमक संघका अध्यक्ष एवम् सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  पोषक राज पौडेलले बीमाको दायरा बढाउनुपर्ने बीमा क्षेत्रको अवसर र चुनौती दुवै रहेको बताए । पौडेलले दाेस्राे इन्स्याेरेन्स डिस्काेर्शलाई सम्बाेधन गर्दै ३ लाख ५० अभिकर्ताद्वारा बीमा गाउँ-गाउँ पुगेको पनि उल्लेख गरेका हुन् । 

‘हामीले ३ लाख ५० हजार अभिकर्ता र अन्य माध्यमबाट दूर दराजबाट क्यापिटल फर्मेसन गरिरहेका छौँ । इन्फर्मल इकोनोमिलाई फर्मल बनाउन कोही परिचालित छ भने लाइफ इन्स्योरेन्स परिचालित छ’ उनले भने, ‘फर्मल इकोनोमिमा ल्याएर देशको अर्थतन्त्रलाई जीवन बीमा कम्पनीले सहयोग गरेको छ ।’ पौडेलले अवसर धेरै हुँदा पनि बीमा क्षेत्रलाई राज्यले मोबिलाइज गर्न नसकेको बताए । 

उनले बीमा क्षेत्रमा धेरै समस्या रहेको भन्दै जीवन बीमाको कष्टमा ३ वटा विषयलाई ध्यान दिनुपर्ने बताए । ‘कष्ट अफ एक्विजिसन, कष्ट अफ बिजनेस र इकोसिस्टममा जान सक्यौँ भने कष्ट अफ इन्स्योरेन्स लोअर लेभलमा जान्छ ।’ उनले भने । पौडेलले बीमाको कष्ट अफ सर्भिसिङ्ग पनि बढी रहेको बताए ।