२५ अकंले घट्यो परिसूचक १३ वटै उपसूचक राताम्य हुँदा कारोबार रकम ३ अर्बमा सीमित 

२५ अकंले घट्यो परिसूचक १३ वटै उपसूचक राताम्य हुँदा कारोबार रकम ३ अर्बमा सीमित 

'बैंकिङ्ग समूह ०.८६ प्रतिशतले घट्याे'


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा दोहारो अंकको गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) २५ दशमलव ४१ अंकले घटेको छ ।

आज बजा२५ दशलमव ४१ अंकले घटेसँगै २,६०९ को बिन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको २० करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १८ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिंगटी हाइड्रोको १६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ४ दशलमव ८७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ्ग समूहको ०.८६ प्रतिशत, विकास बैंक समूहको १.६० प्रतिशत, फाइनान्स समूहको ३.६० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७७ प्रतिशतले शेयर मूल्य घटेको छ ।