साताकाे शेयर बजार ४३ अंकले परिसूचक बढ्दा ३० अर्बकाे काराेबार

साताकाे शेयर बजार ४३ अंकले परिसूचक बढ्दा ३० अर्बकाे काराेबार


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार सामान्य बढेर बन्द भएको थियो । आइतबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ दशमलव ३२ अंकले बढेर २,५९१ दशमलव ५६ को बिन्दुमा बन्द भएको थियो । आइतबार सामान्य बढेको बजारमा सोमबार हरियाली छायो । त्यसदिन बजार ४९ दशमलव १२ अंकले बढेर २,६४० दशमलव ६८ को बिन्दुमा बन्द भयो ।

आइतबार र सोमबार बढेको बजारले मंगलबार पनि बढोत्तरीको क्रम जारी राख्यो । शेयर बजार मंगलबार सामान्य अर्थात् ६.१६ अंकले बढेर २६४६. ८४ को बिन्दुमा बन्द भएको थियो । बुधबार शेयर बजार ६ दशलमव ५३ अंकले बढेर २,६५३ दशमलव ३८ को बिन्दुमा कायम भएको थियो । साताको अन्तिम कारोबारको दिन बिहीबार बजार १८ दशमलव १४ अंकले घटेर २,६३५ दशमलव ०९ को बिन्दुमा कायम भएको थियो ।

कुन दिन कति कारोबार ?
आइतबार – ४ अर्ब ८६ करोड रुपैयाँ
सोमबार – ६ अर्ब ३० करोड रुपैयाँ
मंगलबार– ५ अर्ब ३८ करोड रुपैयाँ
बुधबार– ६ अर्ब ४० करोड रुपैयाँ
बिहीबार – ७ अर्ब ३० करोड रुपैयाँ

अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन बिहीबार ४ दशमलव ६३ अंकले बढ्दै बजार २५ सय ८६ दशमलव २३ को बिन्दुमा बन्द हुँदा ४ अर्ब ६० करोड रुपैयाँकाे काराेबार भएकाे थियाे । यो साता समग्रमा ३० अर्ब २४ कराेड रूपैयाँकाे काराेबार भएकाे छ । यस्तै, यो साता नेप्से परिसूचकमा ४३ दशमलव ५३ अंकको वृद्धि देखियाे । गत साता १५ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियाे ।