नीजिक्षेत्रलाई पनि अर्थतन्त्र सुधारमा हातेमालो गर्न प्रधानमन्त्रीद्धारा आग्रह 

नीजिक्षेत्रलाई पनि अर्थतन्त्र सुधारमा हातेमालो गर्न प्रधानमन्त्रीद्धारा आग्रह 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

प्रधानमन्त्री शेर बहादुर देउवाले बिग्रिदै गएको अर्थतन्त्र प्रति चिन्ता व्यक्ता गर्नु भएको छ । आज काठमाडौं नेपाल उद्योग परिसंघको १९ औ बार्षिक साधारणसभा लाई सम्वोधन गदै निजी क्षेत्रले पनि अर्थतन्त्रको बारेमा चिन्ता लिनुपर्ने कुरा व्यक्त गरेका हुन् ।

पछिल्लो समय अर्थतन्त्रको उच्च खपतले निम्त्याएको चुलिदो आयातको अवस्था, खस्किदो विदेशी मुद्रा सञ्चिति र आन्तरिक उत्पादनमा देखिएको सुस्तता प्रति प्रधानमन्त्री देउवाले गम्भिरत प्रकट गरेका हुन । सरकार सँगै नीजि क्षेत्रको पनि सहयोगको भुमिका सकारात्मक उपेक्षा गरेको प्रधानमन्त्रको भनाई छ । 

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति कम भएको कारणले विभिन्न वितासिताको सामानमा रोक लगाउदै आएको छ । बैंकले १० वटा वस्तुको आयातमा रोक लगाउदै आएको छ । भने, ३ सय डलर भन्दा मगँगो मुल्यको मोबिल, १५० सीसीभन्दा ठुलो मोटर साईकल तथा एबुलेन्स बाहेकका सवारी साधन आयातमा रोक लगाएको छ । यो आयातमा रोक भदौ सम्म रहेको राष्ट्र बैंकले प्रस्ट पारिसकेको छ । 

प्रधानमन्त्री देउवाले नेपालकै माटोमा बनेको उत्पादनलाई बजारी करण गर्न उद्योगीहरुलाई सुझाव दिएका छन् । विदेशीमा उत्पादित सामान र विलासी बस्तुहरुको आयात गर्न र उपभोग बढाउन मात्र नलाग्न व्यवसायीहरुलाई प्रधानमन्त्रीले सुल्झाएका छन् । 

बढ्दो उपभोग सँगै मुलुकले धान्न नसक्ने गरी व्यापार घाटा, विदेशी विनिमयमा कमी उत्पादन क्षेत्र सुस्त र कृषि उत्पादन मा कमी भईरहेको समयमा अर्थतन्त्रलाई थप बिग्रन नदिन सम्पूर्ण व्यवसायीलाई आह्रान गरेका छन् ।