संसदीय छानबिन समितिले मगायो अर्थमन्त्रालयको सिसिटिभी फुटेज 

संसदीय छानबिन समितिले मगायो अर्थमन्त्रालयको सिसिटिभी फुटेज 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
अनधिकृत व्यक्तिलाई प्रवेश गराएको बारे छानबिन गर्न भनेको विशेष छानबिन समितिले २ वटा सिसिटिभि फुटेजको माग गरेको छ । 

पूर्व अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा नै बोलाएर करको दर हेरफेर गरेको बारे चर्काे बिरोध भएको थियो । 

उपभोक्ता हित संरक्षण मञ्चले अर्थ मन्त्रालयमा जडित सिसिटिभी १४ दिनको फुटेजको माग गरेकोमा जम्मा ३ दिनको मात्र फुटेर रहेको भन्दै पत्र पठाएकोमा शंका गर्न थप मदत पुगेको थियो ।

यस बिषयमा प्रतिपक्ष नेकपा एमालेले संसदमै प्रश्न उठाएको थियो । समितिले उक्त फुटेजको प्राविधिक पक्षबारे अनुसन्धान गर्न प्रहरीको ल्याबमा परिक्षणको लागि पठाएको छ । तर, अहिले सम्म प्रहरीले रिपोर्ट नपठाएको र समितिलाई दिईएको समय पनि सकिन लागेकोले समितिले उक्त फुटेजको माग गरेको हो । 

उक्त समितिले जेठ १४ गते दिउसो १२ बजेदेखिको करिब २४ घण्टाको फुटेजको माग गरेको हो । यसै बिषयलाई लिएर तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले असार २२ गते संसद बैठकमै राजिनामा दिएको अघोष गरेका थिए ।