१० अकंले नेप्से परिसूचक घट्दा ९ अर्बकाे काराेबार

'बैंकिङ्ग समूह ०.८९ प्रतिशतले घट्याे'


काठमाडाैं – साताकाे पहिलाे काराेबारकाे दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अकंले घटेर २६४३.९३ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेकाे छ भने ८ वटामा गिरावट आएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक ०.७५ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ । आज बजारमा ११६ कम्पनीको शेयरभाउ बढेको छ भने १२१ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ कम्पनीको शेयरभाउ सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरभाउमा १० प्रतिशत तथा कर्पोरेट डेभलपमेन्ट बैंक र आरम्भ चौतारी लघुवित्तको शेयरभाउमा १० प्रतिशतको हाराहारीको वृद्धिका साथ सकारात्मक सर्किट लागेको हो।

यो दिन ५ वटा स्टकमा नकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल (बालाजु), एनआईसी एसिया बैंकको डिबेन्चर, दोल्ती पावर र जानकी फाइनान्सको शेयरभाउमा १० प्रतिशत तथा धौलागिरी लघुवित्तको शेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नकारात्मक सर्किट लागेको हो।

आज ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ०.८९ प्रतिशत, फाइनान्स समूहको ४.७६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०२७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०।५० प्रतिशतले शेयर मूल्य घटेको छ ।