काठमाडौं– दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा वक्ताका रुपमा सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्न उपाध्याय सहभागी हुने भएका छन् । छलफलको दोस्रो सत्र ‘निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध’ शिर्षकमा हुने छलफलमा वक्ताका रुपमा उपाध्याय सहभागी हुने भएका हुन् ।
उपाध्यायसँग बीमा क्षेत्रमा दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट व्यवस्थापनमा स्नातकोत्तर र एलएलबी गरेका छन् । उनी भारतको बीमा संस्थानबाट फेलो र चार्टर्ड बीमा संस्थान, बेलायतबाट डिप्लोमा गरेका हुन् । उनको पछिल्लो कार्यभार प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थियो ।
बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ । मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरुको समाधान खोज्न सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।





About Us
प्रतिक्रिया