दाेहाेराे अंकले बजार बढ्दा ४ अर्बकाे काराेबार

दाेहाेराे अंकले बजार बढ्दा ४ अर्बकाे काराेबार

‘बैंकिङ्ग समूहको मूल्य ०.८४ प्रतिशतले बढ्यो’


काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २८ दशमलव ९१ अंकले बढेर २६ सय ६१ दशमलव २० बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा ३२८ कम्पनीको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड काथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

जोशी हाइड्रोको ११ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मोलुङ हाइड्रोको ११ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

बराही हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । बलेफी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज विकास बैंक समूहको १.१५ प्रतिशत, बैंकिङ्ग समूहको ०.८४ प्रतिशत, फाइनान्स समूहको १.६७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५१ प्रतिशतले शेयर मूल्य बढेकाे छ ।