काठमाडाैं– साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । आज नेप्सेमा ३३ दशमलव ४३ अंककाे गिरावट देखिएसँगै बजार २५ सय ९६ दशमलव ८२ काे बिन्दुमा बन्द भएकाे छ ।
आज कारोबारमा आएका २९ कम्पनीको शेयरमूल्य बढ्दा २११ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ७६ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार चार अर्ब २७ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक मूल्य बढ्नेमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज १३ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको १.२५ प्रतिशत, बैंकिङ्ग समूहको ०.८२ प्रतिशत, फाइनान्स समूहको २.३१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.९५ प्रतिशतले शेयर मूल्य घटेको हो ।
प्रतिक्रिया