काठमाडाैं – बुधबार शेयर बजारमा गिरावट देखिएकाे छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अकंले घटेर २६२८.२६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २७ करोडको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिभर फल्स पावरको १२ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मानुषि लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोका लगानीकर्ताले पनि ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले गुमाएका हुन् आज १० उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ्ग समूहको ०.३६ प्रतिशत, विकास बैंक समूहको ०.१६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४२ प्रतिशतले शेयर मूल्य घटेको छ ।
प्रतिक्रिया