काठमाडौं– नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ्ग प्रणालीको सुरुआत गरेको छ। आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ। तत्कालका लागि नबिल बैंकको केन्द्रीय कार्यालय तीनधाराबाट यस प्रकारको सेवा दिन थालिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगमार्फत थप छरितो र कुशल सेवा प्रदान गर्न यो प्रणाली सुरु गरिएको बताए। ‘हामी ग्राहकको चाहनालाई महसुस गर्दै नवीन समाधानहरु प्रदान गर्न कटिबद्ध छौँ। अपोइन्टमेन्ट बैंकिङ्ग प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यलाई प्रतिविम्बित गर्दछ’, ढुंगानाले भने।
नबिलले व्यस्त पेसाकर्मी तथा व्यवसायीलाई लक्षित गरी नवीनतम प्रविधिमा आधारित अपोइन्टमेन्ट बैंकिङ्ग प्रणालीको प्रयोग गरेर ग्राहकले आफूले चाहेको समय अर्थात् आफूले बुक गरेको समयमा बैंकबाट सेवा लिन सक्नेछन्। नगद र चेक कारोबारजस्ता अत्यावश्यक बैंकिङ्ग सुविधा लिनका यो सुविधा लिन सकिने बैंकले जनाएको छ। सुरुआतदेखि नै डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिँदै आएको नबिल बैंकले ग्राहकको अनुभवका आधारमा नयाँ–नयाँ प्रणालीमा आधारित कदम अघि बढाएको छ। अपोइन्टमेन्ट बैंकिङ्ग प्रणाली डिजिटलाइजेसनअन्तर्गतकै नयाँ आयमका रुपमा लिइएको छ।
यो प्रणालीका मुख्य दुई विशेषता रहेको बैंकले जनाएको छ।
समय व्यवस्थापनका लागि उपयुक्तः यो प्रणाली समयको अभाव भएका व्यस्त व्यक्तिहरु र व्यवसायीका लागि छिटो, कुशल र गुणस्तरीय सेवा प्रदान गर्न विशेष रुपमा डिजाइन गरिएको हो।
सहज बुकिङ प्रक्रियाः ग्राहकहरुले नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्ने व्यवस्था गरिएको छ। ग्राहकहरुले नबिल बैंकको वेबसाइट वा एनबैंक एपप्रयोग गरी सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्छन्। ग्राहकले बैंकमा जानुअघि उल्लेखित प्लेटफममार्फत लिनुपर्ने सेवा र आफूलाई सहज हुने समय छनोट गर्ने सुविधा दिइएको छ। यसले समय व्यवस्थापनलाई ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया