राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपालपे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपालपे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने


काठमाडौं –राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपालपे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपालपे) बीच भएको सम्झौताअनुसार विश्वका करिब ४८ देशहरूसँग आबद्धता रहेको अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको हो ।

सम्झौताअनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपालपे क्युआर लिएका यस बैंकका मर्चेन्टहरूले अब आफ्नो व्यापारलाई अझ बृद्धि गर्न सक्नेछन् । नेपालपे क्युआर हालसम्म नलिएका ग्राहकहरूले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

खासगरी चीन, थाइल्याण्ड, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा इटालीलगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरूबाट आएका पर्यटकहरूले आफ्नो देशको विभिन्न वालेटमार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।

७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटीएम, ९९ वटा शाखारहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टरबाट बैंकले सेवा दिँदै आइरहेको छ ।