अमेरिकन चेम्बर र नेपाल प्राइभेट इक्विटी एसोसिएसनले सहकार्य गर्ने

अमेरिकन चेम्बर र नेपाल प्राइभेट इक्विटी एसोसिएसनले सहकार्य गर्ने



काठमाडौं– नेपालमा द्विपक्षीय लगानी तथा आर्थिक विकासका लागि नेपाल प्राइभेट इक्विटी एसोसिएसन एनपीईए र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल एमच्यामले सहकार्य गर्ने भएका छन् । दुई पक्षबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक सम्झौता भएको हो।

नेपालका विभिन्न व्यावसायिक तथा निजी क्षेत्रका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रमबीच एनपीईएका अध्यक्ष सिद्धान्तराज पाण्डे र एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा नेपालमा आकर्षक लगानीको वातावरण सिर्जना गर्न तथा नेपाल र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन लक्ष्य राखिएको छ। त्यसका लागि रणनीतिक साझेदारी गर्न दुवै संस्था सहमत भएका हुन्।