काठमाडौं –नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ३ अर्ब रूपैयाँ लगानी गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै केन्द्रिय बैंकले बैंकहरुमा सो रकम लगानी गर्ने जनाएको हो। राष्ट्र बैंक उत्पादन तथा पेन्सन कोषको रकम मुद्दति निक्षेपमा राख्नका लागि बैंकहरुलाई प्रस्ताव आह्वान गरेको छ ।
वाणिज्य बैंक विकास बैंक तथा वित्त कम्पनी समेतमा गरी सो बराबरको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको राष्ट्र बैंकले जनाएकाे छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४० करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ४५ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।
मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर २३ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ पुस २ गतदेखि २०८२ पुस २ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।
सञ्चालनमा आएको २ वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको लगायत प्रावधान पुगेका बैंकहरु ब्याजदर बोलबकोलमार्फत् निक्षेप प्रतिस्पर्धामा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया