काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र आर्थिक अवस्थाको हिसाबले नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको क्रेडिट रेटिङबाट देखिएको भएपनि चुनौती कायमै रहेको बताएका छन् ।
गभर्नर अधिकारीले एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दे सार्वभौम साख मूल्याङ्कनको अहिलेको स्तर थप राम्रो बनाउन प्रयास गर्न जरुरी रहेको बताए । साथै, उनले खाली घरजग्गा, गाडी र सेयरको पछि लागेर अर्थतन्त्र नचल्ने बताएका छन् ।
उनले भने ‘सधैँ घरजग्गा, गाडी र सेयरको पछि लागेर हुँदैन, गैर मौद्रिकको कारण बिग्रिएको अर्थतन्त्र सुधार गर्न सबै लाग्नुपर्ने बताए । गभर्नर अधिकारीले अधिकारीले अर्थतन्त्र साइकल रहेको र सधैँ एक रफ्तार नहुने बताए । उनले बैंकिङ्ग क्षेत्रमा अलिक समस्या आउँदैमा आत्तिएर शेयर नबेच्न प्रमोटरहरूलाई आग्रह गरे ।’
प्रतिक्रिया