काठमाडौं – नेपाल राष्ट्र बैंकले पछिल्लो तीन महिनामा ७८ खर्ब (कारोबारमा आधारित) बढी तरलता प्रशोचन गरेको छ। बढी भएको तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पहिलो तीन महिनामा पटक–पटक गरी ७८ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरेको हाे ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलन बोलकबोलमार्फत ५ खर्ब ९० अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत ७२ खर्ब ४२ अर्ब ८५ करोड गरी कुल ७८ खर्ब ३३ अर्ब ४० करोड कारोबारमा आधारित तरलता प्रशोचन गरिको बैंकद्वारा जारी प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद ३ खर्ब ६३ अर्ब ४५ करोड तरलता प्रवाह गरिएको थियो।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ४७ करोड खुद खरिद गरी १ खर्ब ९६ अर्ब ७९ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २६ करोड खुद खरिद गरी १ खर्ब ६६ अर्ब ५४ करोड तरलता प्रवाह गरिएको थियो।
समीक्षा अवधिमा अमेरिकी डलर ८२ करोड २० लाख बिक्री गरी १ खर्ब १५ अर्ब ६६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ७२ करोड बिक्री गरी ९५ अर्ब ५४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।
प्रतिक्रिया