इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा रु. १ हजारसम्म क्यासब्याक पाइने

इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा रु. १ हजारसम्म क्यासब्याक पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा रु. १ हजारसम्म क्यासब्याक पाइने भएको छ। 

इसेवामार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम रु. १ हजारसम्म क्यासब्याक पाइने भएको हो। यस्तो क्यासब्याक ४८ घन्टाभित्र पाइनेछ। यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मितिबाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ। 

यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्सको शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ। यस योजनामा हरेक दिन एकजनाले रु. १ हजार र बम्पर उपहारमा रु. १ लाख रुपैयाँ जित्न सकिनेछ। 

यसका साथै मेटलाइफका कुनै पनि शाखा कार्यालयका काउन्टरबाट इसेवा तथा फोनपेको क्यूआरमार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ। हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ। 

देशभर १ लाख ५० हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्। इसेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या पनि करिब ६५ लाख पुगिसकेको छ। 

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।

यस्तै १ सय ५३ वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स कम्पनीको शाखाका रुपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ। विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्सका शाखा रहेका छन्। 

नेपाली बीमा बजारमा आग्रणी मानिने मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ। नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना बीमा तथा स्वास्थ बीमा र सामूहिक बीमाजस्ता बीमा योजना उपलब्ध गराउँदै आएको छ।