काठमाडौं – हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले मंसिरका लागि पनि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा मंसिरका लागि दिने अधिकतम औसत ब्याजदर घटाएका हुन् । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ । एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा यस्तो ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटेको थियो ।
मंसिरका लागि राष्ट्रिय वाणिज्यले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर केही बढाएको छ । बैंकले मंसिरका लागि ब्याजदर ५.८ प्रतिशतबाट बढाएर ६ प्रतिशत पु¥याएको छ । मंसिरका लागि ८ बैंकले भने व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर स्थिर राखेका छन् । ब्याजदर स्थिर राख्नेमा नेपाल एसबीआई बैंक, नेपाल बैंक , सानिमा बैंक , इन्भेस्टमेन्ट मेगा बैंक , सिद्धार्थ बैंक , प्रभु बैंक, हिमालयन बैक र एभरेस्ट बैंक रहेका छन् । यी बैंकहरुले मंसिरका लागि क्रमशः ६ प्रतिशत, ५.९५ प्रतिशत, ६.१५ प्रतिशत, ६.५ प्रतिशत, ६ प्रतिशत, ६.१ प्रतिशत, ६.२५ प्रतिशत, ६ प्रतिशत ब्याजदर तोकेका छन् ।
११ वाणिज्य बैंकले भने ब्याजदर घटाएका छन् । कात्तिकका लागि ५.७५ प्रतिशत ब्याजदर तोकेको कृषि विकास बैंकले मंसिरमा घटाएर ५.५३ प्रतिशत कायम गरेको छ । यस्तै, लक्ष्मी सनराइज बैंकले ६ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, ग्लोबल आईएमई बैकले ६.२५ प्रतिशतबाट घटाएर ५. ७५ प्रतिशत, कुमारी बैंकले ६.१ प्रतिशतबाट ५.७१ प्रतिशत कायम गरेको छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंकले ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत, सिटिजन्स बैंकले ५.७५ प्रतिशतबाट ५.६५ प्रतिशत, नबिल बैंकले ६.२५ प्रतिशतबाट ५.७५ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले ६.५० प्रतिशतबाट घटाएर ६.२५ प्रतिशत, एनएमबी बैंकले ६.५ प्रतिशतबाट ५.५७ प्रतिशत, एनआईसी एशिया बैंकले ६.९९ प्रतिशतबाट घटाएर ६.७९ प्रतिशत कायम गरेको छ ।
प्रतिक्रिया