१४ ठेकेदार कम्पनी खराब सूचीमा, कुन-कुन परे ?


काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता (ठेकेदार) कम्पनीलाई खराब सूचीमा राखेको छ ।

कार्यालयले आज (कात्तिक २३ गते) एक सूचना जारी गर्दै आजैको मितिदेखि लागू हुने गरी सार्वजनिक गरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि साढे २ वर्षसम्मको अवधिका लागि कम्पनीहरूलाई खराब सूचीमा राखेको हो।

कार्यालयले ४ वटा ठेकेदार कम्पनीलाई साढे दुई वर्ष, २ वटा कम्पनीलाई दुई वर्ष, ५ वटा कम्पनीलाई साढे १ वर्ष र ७ वटा कम्पनीलाई १ वर्षका लागि खराबसूचीमा राखेको छ।

यसरी खराब सूचीमा राखिएका कम्पनीहरूले खराब सूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरीदका कारवाहीमा भाग लिन नसक्ने व्यवस्था रहेको छ।