काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट एक खर्ब रूपैयाँ रकम खिच्ने प्रस्ताव गर्दा बैंकहरूले करिब दुई खर्ब नै राख्न इच्छा जनाएका छन्। बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तान्ने भएकाेमा बैंकहरू २ खर्ब राख्न इच्छुक देखिएका हुन् ।
केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट १ खर्ब रुपैयाँ तानेको हो। यसका लागि राष्ट्र बैंकले बुधबार ३ बजे अनलाइन बोलकबोल गरेको थियो।
बोलकबोलमा २५ वटा बैंक तथा वित्तीय संस्थाबाट ६६ वटा आवेदन परेको थियो। ती आवेदनमात्रै बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७ अर्ब १० करोड रुपैयाँ राष्ट्र बैंकलाई दिन आवेदन दिएका थिए। तर, राष्ट्र बैंकले १ खर्ब रुपैयाँमात्रै तानेको छ।
प्रतिक्रिया