काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पाँच प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले पाँच प्रदेशका लागि ब्रान्च र सव ब्रान्च म्यानेजर माग गरेको हो ।
लुम्बिनी प्रदेशका लागि तुल्सीपूर, गुल्मी, लामही र सम्शेरगंजमा केही, बागमति प्रदेशको सिन्धुली शाखाका लागि केही, सुदुरपश्चिम प्रदेशका सुखड र वैतडी शाखाका लागि, गण्डकी प्रदेशको गलकोट र गैंडाकोटका लागि र कोशी प्रदेशमा सोलुखुम्बुको लागि कर्मचारी माग गरेको हो ।
रोजगारीका लागि स्नातकसम्मको अध्ययन, सम्बन्धित क्षेत्रको कार्याअनुवभका साथै कम्प्युटरसम्बन्धी ज्ञान हुन आवश्यक छ । इच्छुक तथा योग्यता पुगेकाले कात्तिक २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया