काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको कात्तिक १९ गते सोमबारको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो ।
अघिल्लो दिन कात्तिक १८ गते आइतबार पनि बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३९ अर्ब बराबरको निक्षेप संकलन भएको थियो ।यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा स्थिर रहेको छ । कात्तिक १८ गते ५९ खर्ब ४ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले १९ गते पनि सोही रकम बराबरको निक्षेप संकलन गरेका छन् ।
सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा सामान्य गिरावट देखिएको छ । कात्तिक १८ गते ५२ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले १९ गते ५२ खर्ब ७६ अर्ब कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा भने स्थिर रहेको छ । गत कात्तिक १८ गते ४६ खर्ब ७१ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंंकहरुले १९ गते पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ। साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८ दशमलव १२ प्रतिशत कायम भएको देखाएको छ।
प्रतिक्रिया