लोकसेवा आयोगद्वारा विभिन्न पदमा दरखास्त आह्वान

लोकसेवा आयोगद्वारा विभिन्न पदमा दरखास्त आह्वान


काठमाडौं – लोकसेवा आयोगले सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त आह्वान गरेकाे हाे ।

आयोगले निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो ।

साथै, आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुला भएको जनाएको छ ।