काठमाडौं – दसैंपछि कारोबार सुरु भएको सुनको मूल्यमा नयाँ किर्तिमान बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यले नयाँ किर्तिमान बनाएको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै नयाँ किर्तिमान कायम भएको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८०० रुपैयाँ कायम छ । हिजो मंगलबार १ लाख ६० हजार ६०० रुपैयाँ कायम थियो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १९ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १९ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले बढेर कारोबार सुरु भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया