कालिका लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल, कात्तिक १ गतेदेखि लागू हुने



काठमाडौं– कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर रजिष्ट्रारमा नियुक्ति भएसँगै अब लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरू मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ । लघुवित्तले क्यापिटललाई कात्तिक १ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।