काठमाडौं– शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएका छ । बैंकले ऋणपत्र जारीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्र ल्याउन लागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ।
शाइन रेसुंगाले कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तबरबाट बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ।
शाइन रेसुंगाको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।






About Us
प्रतिक्रिया