काठमाडौँ – रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज असोज २९ गते मंगलबार अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले यस कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनका साथै साधारण सभामा सहभागि जनाउन सक्नेछन् ।
यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ३० गते बुक क्लोज गर्दैछ ।
यस कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५.७८ प्रतिशत लाभांश वितरण गर्दैछ । रुरुले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।
उक्त प्रस्ताव पारित गर्न रु रु ले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा लिसारा ब्यांकेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।



About Us
प्रतिक्रिया