अमेरिकी डलर अहिलेसम्मकै महँगो, एक डलर किन्न १२४ रुपैयाँ तिर्नुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले २७ वैशाखका लागि तोकेको सटही दरअनुसार डलरको खरीददर १२३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रुपैयाँ २५ पैसा छ। डलर नेपाली मुद्रा बजारमा यो विन्दुमा उक्लिएको पहिलो पटक हो।

अब, नेपाली मुद्रा तिरेर डलर सटही गर्न चाहनेले एक डलर लिन १२४ रुपैयाँ २५ पैसा तिर्नुपर्छ।

डलरसँग भारतीय मुद्रा लगातार कमजोर बनेपछि त्यसको असर नेपाली मुद्रामा पनि देखिएको हो। नेपालको मुद्राको भारतीय मुद्रासँग स्थिर विनिमयदर छ।

भारतीय मुद्राको डलरसँगको विनिमयदर उतारचढाव हुँदा स्वतः त्यसको असर नेपाली रुपैयाँमा पर्छ। डलरको मूल्य बढ्दा विदेशबाट आयात गर्ने सामान महँगो हुनपुग्छ।