बैकिङ्ग समाचार ।
महालक्ष्मी विकास बैंकले आफ्ना कर्मचारीको कोभिड १९ बीमा गरेको छ। बैंकले कोभिडबाट भबिष्यमा आइपर्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउन एक वर्षका लागि बीमा गरेको जनाएको छ।
बैंकको १ सय २ वटा शाखामा ८ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको विज्ञप्तिमा उल्लेख छ।
बैंकले अहिलेको विषम परिस्थितीमा सबै जनतालाई लकडाउनको पूर्ण पालन गर्दै सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न आग्रह गरेको छ।






About Us
प्रतिक्रिया