काठमाडौं – नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता सम्पन्न हुने भएको छ । लामो समयदेखि विद्युत व्यापार सम्झौता गर्न आतुर यी दुई मुलुकबीच सुरुवाती चरणमा ४० मेगावाट बिजुली किनबेचको सम्झौता आज हुने भएको हो ।
नेपाल र बंगलादेशबीच विद्युत किनबेचका लागि भारतको अनुमति चाहिन्छ । सोहीकारण, नेपाल, भारत र बंगलादेशबीच त्रीपक्षीय सम्झौता भएको हो । नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत व्यापार निगमबीच त्रीपक्षीय सम्झौता भएको हो ।
सम्झौतालाई अन्तिम रुप आज दिउँसो ४ बजे दिइनेछ । सो कार्यक्रममा त्रीपक्षीय सम्झौता हुने जनाइएको छ । सम्झौताअनुसार नेपालमा उत्पादित ४० मेगावाट बिजुली भारतीय प्रसारणलाईनमार्फत बंगलादेशसम्म पुर्याइनेछ ।
यो भारतसँग बिजुली व्यापारको सम्झौतापछि तेस्रो मुलुकसँग भएको पहिलो व्यापार सम्झौता हो । यससँगै, नेपालमा उत्पादित बिजुली बेच्न भारतबाहेक तेस्रो मुलुक समेत तयार भएको छ । सुरुवाती चरणमा ४० मेगावाट बिजुली ठूलो परिणाम नभएपनि यसले बिजुली व्यापारको बाटो खोल्नेछ ।
प्रतिक्रिया