निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामा गरे ७ अर्बभन्दा माथिकाे व्यवसाय

निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामा गरे ७ अर्बभन्दा माथिकाे व्यवसाय


काठमाडौं–बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्गअनुसार चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे ७ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को भदौ महिनासम्ममा ४ लाख २८ हजार ६८ वटा बीमा पोलिसी जारी गरी कुल ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

कुनको कति ?
यस अवधिमा सबैभनदा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब १ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।। तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ७२ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६० करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

नेको इन्स्योरेन्स कम्पनीले ५८ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ५८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । राष्ट्रिय बीमा कम्पनीले ५४ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले ४८ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यूनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । ओरिएण्टल इन्स्योरेन्सले ४४ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । नेपाल इन्स्योरेन्सले ४३ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । सानिमा जिआईसी इन्स्योरेन्सले ३९ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । नेशनल इन्स्योरेन्सले ३७ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । प्रभु इन्स्योरेन्सले २९ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।