नेपाल राष्ट्र बैंकद्वारा नयाँ  ब्यालेन्स अफ पेमेन्ट बिपिएम –६ सार्वजनिक 


काठमाडौं – नेपाल राष्ट्र बैंकले नयाँ ब्यालेन्स अफ पेमेन्ट (बिपिएम ६) तथ्याङ्क सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय भुक्तानी बढेको भन्दै बिपिएम ५ लाई केही परिवर्तन गर्दै बिपिएम ६ ल्याएको नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्क आधार वर्ष २०८०/८१ र ब्यालेन्स अफ पेमेन्ट तथ्याङ्क सार्वजनिक सम्बन्धमा छलफल तथा पत्रकार सम्मेलन गर्दै सो सार्वजनिक गरेको जानकारी दिएको हो । 

केन्द्रीय बैंकले आजबाट सुरु भएको बिपिएम ६ को फर्म्याट अबदेखी सधै लागु हुनेछ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कायममुकायम  निर्देशक बिरेन्द्र बहादुर बुढाका अनुसार बैंकहरुबाट हुनसक्ने सबै कारोबारलाई अब केन्द्रीय बैंकले नियमन गर्न सक्छ । केन्द्रीय बैंकले सो तथ्याङमा धेरै कम्पोनेटहरु थप गरेको छ । उनले कुनै – कुनै कम्पोनेन्ट्म एक्ज्याक्ट डाटा नआउने बताए ।