सुनको मूल्य फेरि बढ्यो, हालसम्मकै उच्च बिन्दुमा

सुनको मूल्य फेरि बढ्यो, हालसम्मकै उच्च बिन्दुमा


काठमाडौं – नेपाली बजारमा बुधबार पुनः नयाँ रेकर्ड कायम गरेको छ । केही दिनयता निरन्तर बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको हो ।

आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको हो ।