नेपाल लाइफले व्यतित बीमालेख नवीकरणमा ३०%सम्म छुट दिने

नेपाल लाइफले व्यतित बीमालेख नवीकरणमा ३०%सम्म छुट दिने



काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक सूचना जारी गर्दै कात्तिक २३ गतेसम्म नवीकरण गरिने व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको छ। कम्पनीका अनुसार ३ वर्षसम्म व्यतित भएका बीमालेखको नवीकरणमा ३० प्रतिशत, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छुट दिइनेछ।
यो योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरण मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ। यसैगरी एकपटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितलाई पूरा बीमा अवधिभरि पुनः छुट नहुने पनि कम्पनीले स्पष्ट पारेको छ।