रिलायबल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त

रिलायबल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त


काठमाडौं –  रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीको सचिवमा दीपेशबाबु तिवारी नियुक्त भएका छन् । कम्पनीको वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका तिवारी कार्तिक १ गतेबाट  लागू हुने गरी कम्पनी सचिवमा नियुक्त भएका हुन् ।

कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले  तिवारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो। हाल कम्पनी सचिव रहेका नारायणहरि अधिकारीले राजीनामा दिएपछि तिवारी सचिवमा नियुक्त भएका हुन् ।