भारतीय गभर्नरले औल्याए राष्ट्र बैंकका पाँच चुनौती

भारतीय गभर्नरले औल्याए राष्ट्र बैंकका पाँच चुनौती


काठमाडौं – रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्त्तिकान्त दासको केन्द्रीय बैंकको पाँच चुनौतीहरु औंल्याएका छन् । नेपाल राष्ट्र बैंकले ‘हिमालयन शमशेर मेमोरियल लेक्चर, २०२४’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय बैंकको पाँच चुनौती औल्याएका हुन् ।

कार्यक्रममा बोल्दै दासले २१औं शताब्दीका केन्द्रीय बैंकले ५ मुख्य चुनौती सामना गर्नुपर्ने बताएका छन् । उनले २१औं शताब्दीका केन्द्रीय बैंकले जलवायु परिवर्तन, भूराजनीतिक अस्थिरता, वित्तीय क्षेत्रमा प्रविधिको रुपान्तरण, फिन्टेक अवधारणा, साइबर सुरक्षा अहिलेको मुख्य चुनौती भएको उल्लेख गरेका छन् ।

उनले मूल्य स्थिरता केन्द्रीय बैंकको प्राथमिक जिम्मेवारी हुने बताए । उनले केन्द्रीय बैंकले मूल्य र आर्थिक स्थिरता प्राप्त गर्नका लागि महत्वपूर्ण सिद्धान्त बोकेको उनले बताए ।

दासले लामो समयसम्मको स्थिर महङ्गीले केन्द्रीय बैंकहरूलाई वित्तीय प्रणालीको नियमन र निगरानीमा असहज बनाएको उल्लेख गरे । उनले पछिल्लो चरण भारतीय अर्थतन्त्रलाई विभिन्न झट्काबाट बचाउदै संकटबाट बलियो रूपमा उभ्याउन पनि सक्षम भएको उल्लेख गरे ।

उनले अधिकांश केन्द्रीय बैंकहरूले मौद्रिक नीतिमार्फत मूल्य स्थिरतामा मात्र ध्यान केन्द्रीत गर्ने गरेको भन्दै अन्य बैंकको तुलनामा रिजर्व बैंकको कार्यको दायरा बढी रहेको पनि बताएका छन् ।

गभर्नर दासले केन्द्रीय बैंकले भविष्यका जोखिमहरूलाई पूर्वानुमान गर्नुपर्ने र कुनै पनि सम्भावित जोखिमहरूबाट जोगिन वा घटाउन उपयुक्त पूर्व-निर्धारण उपायहरू अवलम्बन गर्नुपर्ने बताए ।