गरिमा विकास बैंकद्वारा ऋणीहरूकाे नाम सार्वजनिक

गरिमा विकास बैंकद्वारा ऋणीहरूकाे नाम सार्वजनिक


काठमाडाैं – गरिमा विकास बैंक लिमिटेडले १३ जना ऋणीको नाम सार्वजनिक गरेकाे छ । बैंकले विभिन्न कर्जा शीर्षकमा लिएका १३ जना ऋणीहरूलाई कर्जा चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको हाे ।

बैंकले कर्जा तिर्न पटक–पटक मौखिक र लिखित तरताकेता गर्दा समेत बेवास्ता गरेका ऋणीहरूलाई बाँकी रहेको साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुरसहितको रकम भुक्तानी गर्न आग्रह छ ।

बैंकले ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा कानूनी प्रक्रिया अनुसार धितोमा रहेको चल–अचल सम्पत्ति लिलामी गरी असुल उपर गरिने चेतावनी दिएको छ।

साथै, समयमै कर्जा भुक्तान नगर्ने ऋणीहरूको नाम कर्जा सूचना केन्द्रको खराब खराब सूचीमा समावेश गराउन समेत सिफारिस गरिने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ ।