न्युयोर्कमा ओलीले भेटे भारतीय प्रधानमन्त्री मोदि

न्युयोर्कमा ओलीले भेटे भारतीय प्रधानमन्त्री मोदि


न्युयोर्क (अमेरिका) – प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिबिच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन पुगेका दुई देशका प्रधानमन्त्रीबिच न्युयोर्कमा भेटवार्ता भएको हो ।

नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको सचिवालयले जनाएको छ । उहाँहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।