सिन्धु विकास बैंकको सीईओका लागि परेन दरखास्त, फेरि निकाल्यो सूचना

सिन्धु विकास बैंकको सीईओका लागि परेन दरखास्त, फेरि निकाल्यो सूचना


काठमाडौं – सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पहिलोपटक कुनैपनि दरखास्त नपरेपछि पुनः आव्हान गरेको छ । बैंकले दोस्रो पटक आज (असोज ६ गते) एक सूचना प्रकाशित गर्दै पुन दरखास्त आव्हान गरेको हो ।

इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछ छन् भने आवेदन साथै उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदनसमेत समावेश गर्नुपर्ने बैंकले उल्लेख गरेको छ।

शैक्षिक योग्यतामा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ, वा चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।