बैंकमा पैसा थुप्रिने क्रम रोकिएन, आज फेरि ३० अर्ब तान्दै राष्ट्र बैंक

बैंकमा पैसा थुप्रिने क्रम रोकिएन, आज फेरि ३० अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै आज ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज (असोज ६ गते) १४ दिन अवधिको ३० अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो ।

यो १४ दिने निक्षेप संकलन उपकरणको असोज २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने पनि राष्ट्र बैंकले जनाएको छ ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । यसका लागि बैंकले आज ३ बजेसम्म बोलकबोल गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।