प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, असोज १४ गते स्वदेश फर्किने

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, असोज १४ गते स्वदेश फर्किने


काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओली संयुक्त राष्ट्र संघको ७९औं महाशभामा सहभागिता जनाउनका लागि अमेरिका प्रस्थान गरेका छन् । महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अमेरिका उडेका हुन् ।

प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज साढे १० बजे अमेरिका उड्ने कार्यतालिका थियो । तर, कार्यतालिकाभन्दा ढिलागरी अमेरिका उडेको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि असोज ८ गते महासभाको उद्घाटन समारोहमा सहभागि हुनेछन् भने ९ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागि हुनेछन् । महासभाको बैठकमा सहभागित बनेर ओली असोज १४ गते स्वदेश फर्किनेछन् ।