लक्ष्मी लघुवित्तले सार्वजनिक गर्यो ऋण नतिर्ने १०२ ऋणीहरुको नाम

लक्ष्मी लघुवित्तले सार्वजनिक गर्यो ऋण नतिर्ने १०२ ऋणीहरुको नाम



काठमाडौं – लक्ष्मी लघुवित्त कम्पनीले आज सूचना प्रकाशित गर्दै समयमै ऋण नतिरेका १०२ जना ऋणीहरुको नाम सार्वजनिक गरेको छ । पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दासमेत ऋण कर्जा भुक्तान नभएको कम्पनीले जनाएको उक्त सूचनामा जनाएको छ ।

धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले कर्जाको साँवा व्याज लगायत अन्य रकम समय–समयमा बुझाउनु पर्नेमा रकम नबुझाई ऋण कर्जा सम्बन्धी सर्त बन्देज उल्लङघन भएको कम्पनीले जनाएको छ ।

ऋणीहरुले कुनै चासो नदेखाई बेवास्ता गरेको भन्दै कम्पनीले ऋण कर्जा भुक्तान गर्न ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको हो । कम्पनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र लघुवित्त संस्थामा सम्पर्क राखि वित्तीय संस्थाबाट लिएको ऋण कर्जाको सम्पूर्ण साँवा व्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न अनुरोध गरेको छ ।

ऋणीहरुले ऋण नतिरेको खण्डमा प्रचलित ऐन कानून र लघुवित्तसँग गरेको लिखत बमोजिम ऋणी तथा जमानीकर्तालाईसमेत कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने कम्पनीले जनाएको छ ।