आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – बिहीबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेको छ । बुधबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला आठ सय रूपैयाँले घटेको हो।

आज सुन प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ। केहि दिनदेखि सुनको मूल्य निरन्तर बढेर नयाँ उचाई कायम गर्दै आएको थियो ।